दि कर्माको ‘बजार लाग्या छ’ सार्वजनिक (भिडियो)

फिल्म । आउँदो माघ १७ गतेबाट प्रदर्शनमा आउन लागेको देव कुमार श्रेष्ठ निर्देशित फिल्म ‘दि कर्मा’ को आइटम गीत सार्वजनिक भएको छ । ‘बजार लाग्या छ’ बोलको गीतमा कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने यसमा मनिषा पोखरेलको स्वर छ । गीतको भिडियोमा अभिनेत्री नीता ढुंगानाको नृत्य देख्न सकिन्छ । उनीसँगै नव-अभिनेता करण वर्मा पनि फिचर्ड छन् । गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । फिल्ममा नीता र करणसँगै परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको पनि अभिनय छ । जय राज राय निर्मित यो फिल्म नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित छ ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको बनेको फिल्मको कथा निर्माता जय राज आफैंले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । ‘दि कर्मा’ को पटकथा तथा संवाद शुशील पोखरेलको हो । भारतीय कलाकार करणको अभिनयका कारण पनि यो फिल्मलाई धेरैले चासोपूर्वक हेरेका छन् । नेपाल रिलिजसँगै अन्य मुलुकहरुमा पनि फिल्म प्रदर्शन हुने बताएको छ । फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । ‘दि कर्मा’ को हालसालै एक्सनले भरिपूर्ण टिजर सार्वजनिक भएको थियो, जुन दर्शकले निकै रुचाएका छन् । अब, दर्शकलाई फिल्मको प्रतिक्षा छ ।

कमेन्ट गर्नुहोस्