‘हे गोरी’ मा कविता (भिडियो)

संगीत । डान्सीङ रियालिटी शो ‘बुगी वुगी’ विजेता कविता नेपाली पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त छिन । टाइटल विनर भएसँगै उनलाई म्युजिक भिडियोको निकै अफर आइरहेको छ । यिनै कविताले पछिल्लो समय ‘हे गोरी’ बोलको गीतमा निर्मित भिडियोमा अभिनय गरेकी छिन । गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वर रहेको गीतमा पुषकर राज पन्तको शब्द रहेको छ भने संगीत शंकर थापा स्माइलको रहेको छ ।

भिडियोमा कवितासंगै पुस्कर फिचर्ड छन् । अर्जुन अधिकारीको निर्देशन रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेको रहेको छ । भिडियो कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन् । लभ सङको भिडियो निर्देशनमा बढी रुचाइएका निर्देशक अर्जुनले भिडियोले प्रेमभावलाइ व्यक्त गर्ने बताए । उनि भन्छन ‘यसमा मैले केहि प्रयोग पनि गरेको छु , आश छ दर्शकलाइ मन पर्नेछ ।’

कमेन्ट गर्नुहोस्