जासुस बन्दै सलमान

फिल्म । अभिनेता सलमान खान पछिल्लो समय आफ्नो फ्यानकै डिमाण्ड अनुसारको फिल्ममा आफुलाई प्रस्तुत गर्ने योजनाका साथ् अगाडी बढेका छन् । सोसल ड्रामा ट्युबलाईटमा दर्शकले उनलाई नरुचाएपछी बलिउडका भाइजान आफ्नै स्टाइलमा फर्केका छन् । उनले अभिनय गर्ने नयाँ फिल्ममा पनि दमदार एक्सन हुने भएको छ ।

फ्यानकै ईच्छा अनुसार भाइजानले कोरियन ब्लकबष्टर फिल्म ‘वेटरन’ को रिमेक गर्ने मनसाय बनाएका हुन् । उनले फिल्मको कथा अनुसार आफु फिट हुने भन्दै ग्रीन सिगनल दिईसकेका छन् । सलमानले नयाँ फिल्ममा जासुसको भूमिका निर्वाह गर्नेछन् भने उनको एक्सन र कमेडीले दर्शकलाइ मनोरंजन दिनेछ । जासुसकै भूमिकामा उनको एक था टाइगर र टाइगर जिन्दा है रिलिज भैसकको छ । यसैले गर्दा पनि सलमान उक्त भूमिकामा फिट छन् भन्नेमा दुई मत छैन । संवत उनले भारतको छायाँकनपछी यसफिल्मको तयारी थाल्नेछन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्