‘कार्की साइँला’ मा जीतुको जोडी वर्षा

फिल्म । जीतु नेपाल र वर्ष सिवाकोटीको अभिनय रहने फिल्म ‘कार्की साईला’को शुभ मुहर्त गरिएको छ । सोमबार कोटेस्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै यसको शुभ मुर्हत गरिएको हो । यसका मुख्य कलाकार जीतु र वर्षाले मुहर्त सट दिएर सुरु गरिएको थियो ।

कर्ण बहादुर फिल्मस् प्रा.लिको व्यानरमा निर्माण हुने यो फिल्ममा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । यसका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् । बालकुमार राई निर्माता रहेको फिल्ममा द्वन्द्व राजु किराँती, सङ्गीत बाबुल गिरि,नृत्य कमल राई, गीतकार तथा मुख्य सहायक निर्देशक जिवननथ गौतम र पटकथा सम्वाद अजित लामिछानेको रहेको छ ।

फिल्ममा जीतु र वर्षासँगै गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर मनिल तामाङ रहेको छ । आगामी वैशाख २० गतेदेखि धनकुटा जिल्लाबाट छायांकन सुरु हुने फिल्ममा ग्रामीण जीवनमा रहेको एक भुइँ मान्छेको कथालाई प्रस्तुत गरिने निर्देशक बस्नेतले बताए ।

कमेन्ट गर्नुहोस्