फिल्म । छायांकनको तयारीमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ आफ्ना अन्य कलाकारको नाम सार्वजनिक गरेको छ । पहिले अनुबन्धित गरेता पनि आफ्नो कलाकारको लाइनअपलाई योजनाअनरुप नै निर्माण कम्पनि सेभेन सिज सिनेमाले सार्वजनिक गर्दै जानकारी दिईरहेको छ । फिल्ममा अभिनेता विजय बराल, बुद्धी तामाङसँगै बालकलाकारद्वय जान्वी पौडेल र स्वयम केसीको अभिनय रहने छ ।
यसअघि नै गायक तथा कलाकार प्रकाश सपुत, अन्जना बराईली, मुकुन भुसाल, विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाल लगायतको पनि अभिनय रहने निर्माण कम्पनिले स्पष्ट पारिसकेको छ ।
फिल्ममा सम्पूर्ण कलाकारकै भूमिका महत्वपूर्ण भएकाले सबै विशेष रहेको निर्माता विनोद पौडेलले बताए । जेठ २१ गतेबाट छायांकनमा जाने तयारी रहेको ‘पूर्ण बहादुरको सारङ्गी’ सेभेन सिज इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुँदैछ ।
सरोज पौडेलको लेखक तथा निर्देशक रहेर सोसल-ड्रामा बन्ने फिल्मका मौलिक कथाको एक गहन विषयलाई उठान गरिएको जनाईएको छ । फिल्ममा पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ । फिल्मको प्रदर्शन मिति आउँदो वर्ष विसं २०८२ लाई तोकिएको छ ।