फिल्म । पछिल्लो समय बि-टाउनमा कार्तिक आर्यन र साराअलि खानलाई लिएर विभिन्न चर्चा हुने गरेको छ । बलिउडका फ्रेस अनुहार यी दुइनै एक अर्कालाई मन पराउछन भने सँगै देखिन ईच्छा रहेको अन्तर्वार्तामा बताउदै आएका छन् । यसैले गर्दा पनि यी दुइलाई लिएर मिडियामा विभिन्न गसिप आइरहने क्रम बढ्दो नै छ । कहिले प्रेम त कहिले ब्रेकअपकै कारण पनि यी दुइ चर्चामा छन् । पछिल्लो समय यी दुइले इम्तियाज अलिको अनटाइटल फिल्ममा काम गरेका थिए । फिल्मलाइ ‘लभ आजकल’ को सिक्वेल भनिएको थियो ।
यतिबेला यसको नामसंगै फस्टलुक सार्वजनिक गरिएको छ । फिल्मको नाम ‘लभ आजकल’ नै रखिएको छ । फिल्ममा सन् १९९० र २०२० को प्रेमलाई देखाइने अनुमान फस्टलुक मार्फत गर्न सकिन्छ । किनकी अघिल्लो सिरिजमा पनि निर्देशक अलिले दुइ समयको प्रेमलाई प्रस्तुत गरेका थिए । फिल्म भ्यालेन्टाइन डे अर्थात सन् २०२० को फेब्रुअरी १४ मा फिल्म रिलिज हुनेछ । फिल्ममा कार्तिक आर्यन र सारा अलि खानसँगै रणदीप होडाको समेत अभिनय रहेको छ । (एजेन्सी)
#KartikAaryan and #SaraAliKhan… First look poster of #LoveAajKal… Costars #RandeepHooda and newcomer #ArushiSharma… Directed by Imtiaz Ali… Produced by Dinesh Vijan and Imtiaz Ali… 14 Feb 2020 release. #ValentineDay pic.twitter.com/luKr4Y54xc
— taran adarsh (@taran_adarsh) January 16, 2020











