आमिरको जोडी सोनाक्षी !

जयहोस् । अन्तत बलिउडमा डेब्यु गरेको आठ वर्षपछी एक्ट्रेस सोनाक्षी सिन्हाले मिस्टर पर्फेक्ट अर्थात आमिर खानसँग काम गर्ने मौका पाएकी छिन । पछिल्लो समय आमिर गुलशन कुमारको बायोपिकलाई लिएर चर्चामा छन् । उनले यसको लागि यसका निर्माता भुषण कुमारसँग मिटिङ समेत गरिसकेका छन् । तर पछिल्लो समय फिल्मका निर्देशक सुभाष कपूर ‘मिटू’ मा मुछिएपछी आमिरले फिल्म नगर्ने मनसाय बनाएका थिए । तर यतिबेला भुषणले फिल्मको निर्देशक नै परिवर्तन गर्ने निधो गरिसकेका छन् । यसैले गर्दा पनि पुनः आमिर प्रोजेक्टमा जोडिने सम्भावना बढेको छ । त्यसो त पछिल्लो समय बलिउडमा चलिरहेको मिटू लहरमा भुषण पनि तानिएका छन् तर उनले आफ्नो बचाउ गरिसकेका छन् । यसैले गर्दा सोनाक्षी यतिबेला दंग छिन । किनकी उनले डेब्यु कै दिनमा आमिरसँग स्क्रिन शेयर गर्ने ईच्छा ब्यक्त गरेकी थिइन् । पछिल्लो समय भुषणले आमिरको अपोजिटमा सोनाक्षीलाई कास्ट गर्ने मनसाय बनाइसकेका छन् । सोनाक्षी लगभग फाइनल नै छिन तर आमिरले अझै पनि आफ्नो डिसिजन दिईसकेका छैनन् । अब आमिरले कस्तो निर्णय गर्छन , यसले सोनाक्षीको सपना पुरा हुने या नहुने निर्धारण गर्छ ।
कमेन्ट गर्नुहोस्