अस्कर : सर्ट लिस्ट आउट, बाहिरियो नेपाल

फिल्म । विश्व प्रसिद्ध अवार्ड अस्करको नोमिनेशन यहि आउँदो जनवरी २२ मा सार्वजनिक हुदैछ । नोमिनेशन सार्वजनिक गरिएको एक महिनापछी एक समारोहको आयोजना गर्दै अवार्ड घोषणा र प्रदान गर्ने तयारी भईरहेको छ । अस्कर अर्थात् एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइन्सेस अवार्डको विदेशी भाषी विधातर्फको मनोनयन बाट नेपाल बाहिरिएको छ ।

नेपालबाट अवार्डको लागि फिल्म ‘पञ्चायत’ पठाइएको थियो । नेपाल सहित यसपटक ८७ देशले अस्करमा फिल्म पठाएका थिए , जसमध्यको सर्ट लिट्स अस्कर कमिटिले सार्वजनिक गरेको छ । कोलम्बियाको ‘बर्ड्स अफ प्यासेज’, डेनमार्कको ‘द गिल्टी’, जर्मनीको ‘नेभर लुक अवे’, जापानको ‘सपलिफ्टर्ज’, काजाकस्तानको ‘आक्या’ सर्वोत्कृष्ट फिल्ममा अटाएका छन् । साथै, लेबनानको ‘क्यापरनम’, मेक्सिकोको ‘रोमा’, पोल्यान्ड ‘कोल्ड वार’ र दक्षिण कोरियाको ‘बर्निङ’ छानिएका छन् । यो अस्करको ९१ औं संस्करण हो ।

लिस्ट पढन लिंकमा क्लिक गर्नुस :- https://www.oscars.org/oscars/91st-oscars-shortlists

कमेन्ट गर्नुहोस्