फिल्म । कोरोना भाइरसको कारण विश्व अहिले ‘लकडाउन’ मा छ । यसकारण मनोरंजन क्षेत्र पनि उत्तिकै मारमा परेको छ । चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरस अहिले विश्वका अधिकांस देशमा पुगिसकेको छ । हलिउड तथा बलिउडका ठुला फिल्महरुले रिलिज रोकिरहेका छन् । यसै बीच केहि फिल्म निर्माताले ओटिटी माध्यमबाट पनि फिल्म रिलिज गर्ने तयारी थालेका छन् । नवाजुदीन सिद्दिकी अभिनित फिल्म ‘घूमकेतु’ र अमिताभ बच्चनसँगै पहिलो पटक स्क्रिन शेयर गरेका आयुष्मानको प्रतिक्षित फिल्म ‘गुलाबो सिताबो’ रिलिज भईसकेका छन् ।
यहि लिस्टमा थपिएको छ ‘शकुन्तलादेवी’ । यो फिल्म यहि जुलाई ३१ तारिखमा अमेजन प्राइम भिडियोमा रिलिज हुनेछ । विद्या बालन अभिनित यो फिल्म ‘ह्यूमन कप्युटर’को नामले परिचित शकुन्तला देवीको बायोपिकमा हो । शकुन्तलालाई गणितीज्ञ पनि भनिन्छ । उनले गणितको हरेक कठिनाइलाई तुरुन्तै सुल्झाउने गरेकी थिइन् । फिल्ममा उनको छोरीको भूमिकामा सान्या मलहोत्रा छिन् । फिल्ममा अमित साध र जिस्शु सेनगुप्ताको पनि अभिनय रहेको छ । अनु मेननको निर्देशनमा तयार भएको फिल्मलाई सोनी पिक्चर्स नेटवर्कले निर्माण गरेका हो ।(एजेन्सी)
RELEASE DATE FINALIZED… #ShakuntalaDevi – starring #VidyaBalan – to premiere on 31 July 2020 on #AmazonPrime… Costars #SanyaMalhotra, #AmitSadh and #JisshuSengupta… Directed by Anu Menon. pic.twitter.com/zQ9Z8MBNCd
— taran adarsh (@taran_adarsh) July 2, 2020










