चार सय डलरमा तयार हुँदैछ एवेन्जर्सको ‘इण्ड गेम’

फिल्म । हलिउडको लोकप्रिय फिल्म एवेन्जर्सको नयाँ सिरिज ‘इण्ड गेम’ आउदो अप्रिल २६ मा रिलिज हुनेछ । हलिउड फिल्म लभर्सको लागि यो प्रतिक्षित फिल्म हो । किनकी यो सिरिजकै अन्तिम फिल्म मात्र होइन क्याप्टेन अमेरिकाको रुपमा देखिदै आएका क्रिस इवान्स अन्तिम पटक देखिदैछन् । उनलाई क्याप्टेन अमेरिकाको अवतारमा दर्शकले निकै रुचाएका छन् , तर यो उनको अन्तिम फिल्म हो । निर्माण कम्पनि मर्भालले यसलाई निकै मेहनतका साथ् निर्माण गरिरहेको छ । यसमा धेरै सुपरहिरोलाई देख्न पाउनेछ ।

फिल्मको बजेट भने ४ सय अमेरिकी डलर रहेको छ । यसलाई सन् २०११ मा रिलिज भएको फिल्म पाइरेट्स अफ दि क्यारेबियन : अन स्ट्रेन्जर टाइड्स पछिको महँगो फिल्म पनि भनिएको छ । फिल्ममा रोबर्ट डाउनी जुनियर , क्रिस ह्याम्सवर्थ , मार्क रुफ्यालो , एस्कार्लेट जोन्सन , क्रिस प्राट , जोश ब्रोलिन , टम होलाण्ड , बेन्डिक्ट लगायतको अभिनय रहेको छ । धेरै सुपरहिरोहरु एकै फिल्ममा भएको कारणले पनि यसको क्रेज दर्शक माँझ बढ्दो छ । फिल्मलाई एन्थोनी र जो रस्सोले निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्