सङ्गीत । गायक रामकृष्ण ढकालको अष्ट्रेलियामा हुने सांगीतिक टूरको लागि सिड्नी आइपुगेका छन् । शुक्रबार राती सिड्नी आइपुगेका गायक ढकालले आफूले पाँच वर्षपछि यहाँ सांगीतिक प्रस्तुती दिन लागेको बताए । उनले भने,‘यो दसैँ अष्ट्रेलिया बासिसँग मनाउने तयारी गरेको छु । शनिवार सिड्नीमा कार्यक्रम गरेपछि अन्य सहरमा पनि पुग्ने छु । पुनः यहाँ आफ्नो प्रस्तुती दिन पाउँदा म निकै उत्साहित छु ।’
सिड्नीपछि गायक ढकालले अक्टोबर ७ मा अष्ट्रेलियाको अर्को सहर एडिलेडमा आफ्नो प्रस्तुती दिने भएका छन् । सारंगी इभेन्टको आयोजनामा एडिलेडको एभेरेष्ट रेस्टुरेन्ट एण्ड इभेन्ट सेन्टरमा साँझ ५ बजे हुँदैछ । गायक ढकालले आफू एडिलेडमा रहेका नेपाली माँझ गुञ्जिन तयार रहेको बताए ।
एक महिना लामो साङ्गीतिक प्रस्तुती लिएर दर्शक तथा स्रोतासँग साक्षात्कार गर्ने तयारी गरिरहेका गायक ढकाल सिड्नीसँगै क्यानबेरा, न्युक्यासल, मेलबर्न लगायतका सहरमा गुञ्जिँने छन् । ‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’ नामक साङ्गीतिक भ्रमणको सुरुआत अष्ट्रेलियाको प्रमुख सहर सिड्नीबाट हुँदैछ ।











