‘साहो’ मा प्रभासले पारिश्रमिक बढाउँनुको सट्टा घटाए , तर किन ?

फिल्म । साउथ इण्डियन अभिनेता प्रभास बाहुबली सिरिज मार्फत चर्चामा आए । यसैले गर्दा यिनको पहिचान त बढ्यो नै यिनको गतिविधिले बलिउडमा पनि उत्तिकै चर्चा पाउछ । यी प्रभास यतिबेला फिल्म साहोको प्रचारप्रसारमा व्यस्त छन् । यिनले ‘बाहुबली’ पछि पाएको स्टारडम लोभ लाग्दो नै छ । साउथ इण्डियन फ्यान माँझ परिचित प्रभासले त्यसपछि विश्वभर आफ्नो फ्यान बनाउन सफल भए ।

यिनै प्रभासले ‘बाहुबली’ पछि काम गरेको फिल्म ‘साहो’ मा आफ्नो पारिश्रमिक कति बढाए त ? किनकी उनले पारिश्रमिक बढाउनेमा कसैको दुइमत नहोला । तर , हालै सार्वजनिक खबर अनुसार उनले फिल्ममा पारिश्रमिक बढाउनुको सट्टा घटाए । उनले बाहुबलीमा पाएको रकममा २० प्रतिशत घटाएर ‘साहो’ मा काम गरेका हुन् । ‘मलाइ थाहा थियो फिल्म दुइ सय पचास करोडको बजेटमा बन्दैछ त्यसैले मैले केहि आर्थिक भार कम गरेको हुँ’ प्रभासले भने । उनले आफ्नो पारिश्रमिक कम भएको कारणनै मेकरले मेकिङ्ग अझै राम्रो गर्न सकेको समेत बताए ।

‘मेकरलाई मेरो प्रेसर थिएन त्यसैले सबैको ध्यान फिल्मलाई लेभलको बनाउनेमा थियो’ उनले बताए । उनले निर्मातालाई दुखि बनाएर आफुले धेरै रकम पारिश्रमिकको रुपमा लिन नसक्ने समेत बताए । ‘साहो’ फिल्म तिन भाषा तमिल , तेलगु र हिन्दिमा रिलिज हुनेछ भने यसलाई सुजीथले निर्देशन गरेका हुन् । फिल्ममा प्रभाससँगै श्रद्धा कपूर , ज्याकी श्राफ , निल नितिन मुकेश लगायतका कलाकारको पनि अभिनय रहेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्