फिल्म । आइतबार पोखराको मिडटाउन सिनेमाज्मा फिल्म ‘दयारानी’को प्रिमियर शो गरिएको छ । प्रिमियर शोमा सिनेमा हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार राजनराज सिवाकोटी, ‘दयारानी’का लेखक तथा निर्देशक माओत्से गुरुङ, अभिनेत्री दिया पुन लगायतको उपस्थिति थिए ।
प्रिमियर शोमा बोल्दै मेयर धनराज आचार्यले पोखरामा पछिल्लो समय एकपछि अर्को साहित्य, कला र सिनेमा क्षेत्रका गतिविधिहरु भइरहेको देख्दा खुशी लागेको बताए । पूर्व अर्थमन्त्री किरण गुरुङले सिनेमा हेरिसकेपछि निर्देशक गुरुङको कलाकारितासँगै निर्देशन र लेखनमा समेत अब्बल ठहरिनुभएको प्रतिक्रिया दिए ।
निर्देशक तथा लेखक गुरुङले कलाकार भएर अभिनय गुर्नभन्दा बढी निर्देशनमा गाह्रो हुने अनुभव सुनाए । अभिनेत्री दिया पुन पनि ‘दयारानी’बाट आशावादी देखिइन् । फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।













