फिल्म । नेपालमा प्रदर्शन भइसकेको फिल्म ‘मारुनी’ अब लण्डनमा प्रदर्शन हुने भएको छ । पछिल्लो समय अस्ट्रेलिया र जापानमा शो भएको फिल्मलाई यसकी लिड एक्ट्रेस साम्राज्ञी आरएल शाहसंग बसेर लण्डनवासीले हेर्न पाउने भएका छन् । शो आयोजना गर्न लागिएको निर्मात्री पूनम गौतमले जानकारी दिएकी छिन् । बेलायत शोका लागि साम्राज्ञीसंगै निर्मात्री गौतम पुग्नेछन् । २३ फ्रेवुअरीमा अल्डरसटस्थित एम्पायर हलमा यो विशेष शो आयोजना हुन लागेको हो । एनआरएन यूकेका उपाध्यक्ष सुनिल खड्काले साम्राज्ञी र निर्मात्री गौतम लण्डन आउने निश्चित भएको बताए ।
खड्काका अनुसार फिल्म हेर्नका लागि १० बर्ष भन्दा तलका बालबालिका र ६० बर्ष माथिका मानिसहरुलाई निःशुल्क व्यवस्था गरिएको पनि जानकारी दिए । यसको विशेष शोमा सहभागी हुने फे्रवुअरी २१ मा साम्राज्ञी र पूनम लण्डन उड्नेछन् । निर्मात्री गौतमका अनुसार, लण्डनमा आयोजना हुन लागेको शोका लागि सम्पूर्ण टिकट विक्री भैसकेको छ । नवल नेपाल निर्देशित फिल्ममा साम्राज्ञीसंगै रेविका गुरुङ र पुष्पल खड्काको मुख्य भूमिका छ ।










