अभिनयमा फर्किदै मुकुन्द

फिल्म । अभिनेता मुकुन्द श्रेष्ठ बाह्र वर्षपछि अभिनयमा फर्किने भएका छन् । पछिल्लो फिल्म ‘कोहिनुर’ मा अभिनय गरेका अभिनेता श्रेष्ठ नयाँ फिल्म ‘लाज शरणम्’ मा अनुबन्धित भएका हुन् । पछिल्लो समय निर्माता तथा निर्देशकले आफूलाई भुलेको होकी भन्ने उनलाई लागेको छ ।

‘अहिले अभिनयका लागि अफर आएका छैनन् । यस फिल्ममा मलाई सुहाउने गरी रोल तयार पार्नु भएको रहेछ, अफर आएपछि पुनः काममा फर्किदै छु । नयाँ पुस्तासँग काम गर्ने नयाँ अनुभव हुनेछ’, उनले भने ।

अभिनेता श्रेष्ठले थुप्रै फिल्ममा खलपात्रको भूमिका निर्वाह गरेका छन् । उनी कुनै समय हरेक फिल्ममा खोजिन्थे । प्रविधि र कथ्यशैलीमा आएको बदलावसँगै अभिनेता श्रेष्ठले अभिनयलाई निरन्तरता दिन सकेनन् ।

‘सक्किगोनि’ मार्फत दर्शक माँझ चर्चित भएका जिग्री पाँडे समुहले फिल्म निर्माण घोषणा गरेका हुन् । नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह-निर्माताको रुपमा रहेको फिल्ममा निर्देशक कट्टेलसँगै अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणी नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भुमिका रहनेछ । यही वर्षको फागुन १४ अर्थात् महाशिवरात्रीको अवसर पारेर फिल्म प्रदर्शनमा ल्याउने घोषणा गरिएको छ ।

कमेन्ट गर्नुहोस्