अष्ट्रेलियामा ८७ शोसहित रिलिज हुँदै ‘जय हो’

फिल्म । भदौ ८ गते नेपालसहित विदेशमा समेत प्रदर्शन हुन लागेको फिल्म ‘जय हो’ को अन्तर्राष्ट्रिय प्रदर्शन अन्तर्गत सोही मितिमा अष्ट्रेलियामा ८७ शोसहित रिलिज हुने भएको छ । अष्ट्रेलियाली वितरक नमस्ते इन्टरटेनमेन्टले त्यहाँका प्रमुख सहरहरु न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड, तास्मानिया, भिक्टोरिया, एडिलेड, पर्थ, डार्विन र क्यानबेरका हलमा रिलिज गर्न लागेको हो ।

टेक पौरखी राई निर्देशित यो फिल्म शुक्रबारदेखि नेपालमा रिलिज हुँदैछ । सुरज ल्वागन र राज के अधिकारीको लगानीमा निर्माण भएको फिल्ममा सलोन बस्नेत, केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको अभिनय छ । शोभित बस्नेत फिल्मका प्रस्तुतकर्ता हुन् । सलोन सलिना फिल्म्सको ब्यानरमा यो फिल्म निर्माण भएको हो ।

कमेन्ट गर्नुहोस्