प्रेमा शाहको स्मृतीमा प्राविधिकलाई सम्मान

फिल्म । साहित्यकार प्रेमा शाहको स्मृतीमा स्थापित गरिएको प्रेमा शाह प्राविधिक सम्मानबाट फिल्मी क्षेत्रका २ जना प्राविधिकलाई सम्मान गरिएको छ । राष्ट्रिय नाचघरमा आयोजित प्रेमा शाह स्मृति सभामा दुई जना प्राविधिकलाई नगद एकाउन्न हजार सहित सम्मान गरिएको हो । सम्मानित हुने फिल्म प्राविधिकहरुमा उद्धवराज भट्टराई (जुँगे) र चन्द्रिका ठाकुर रहेका छन् । भट्टराई तीन दशकदेखि फिल्म क्षेत्रमा कला निर्देशकको रुपमा कार्यरत छन् भने ठाकुर झण्डै ती दशकदेखि फिल्ममा प्रकाश व्यवस्थापको रुपमा कार्यरत छन् ।

दुबै जनालाई चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहाल, बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, प्रथम नायिका भुवन चन्द्र लगायतको हातबाट सम्मान प्रदान गरिएको हो । चर्चित नायिका जल शाहकी आमा समेत रहनुभएकी प्रेमा शाहको दुई बर्षको स्मृति सभालाई लक्षित गरेर नायिका जल शाहले प्राविधिक सम्मान घोषणा गरिएको हो । बार्षिक रुपमा प्राविधिकहरुलाई प्रेमा शाह स्मृति प्राविधक सम्मान प्रदान गरिने पनि जनाएको छ । कार्यक्रमलाई नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले संयोजन गरेको हो ।

नेफ्टाका अध्यक्ष पुष्कर लामाले फिल्म क्षेत्रबाट टाढा रहेपनि फिल्मका प्राविधिकहरुलाई माया गरेर आमाको सम्झनामा सम्मान घोषणा गरि प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । यस्तै स्मृति सभामा निर्देशक रमेश बुढाथोकी, घनश्याम खतिवडा, दयाराम दाहाल, नायक रमेश उप्रेती, प्रथम नायिका भुवन चन्द, बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटालगायतले शाहको वारेमा मन्तव्य राख्दै श्रदाञ्जली अर्पण गरेका थिए । पछिल्लो समय नेपाल चलचित्र प्राविधिक संघ र यसका अध्यक्ष पुष्कर लामा फिल्म क्षेत्रमा भईरहेका विभिन्न गतिविधीमा सक्रिय देखिन थालेका छन् ।

कमेन्ट गर्नुहोस्