फागुनबाट छायांकन हुँदै ‘वरिष्ठ बलराम’

फिल्म । सम्पादक सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय फिल्मको रूपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने घोषणा गरेका छन् । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर पौडेलले फागुनको पहिलो सातादेखि छायांकन सुरू हुने जानकारी दिए । महेश दवाडीको पटकथा रहेको फिल्ममा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहनेछन् ।

आउँदो वर्ष विसं २०८२ सालमा प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्मको छायाङ्कन तराईका विभिन्न स्थानमा गरिने निर्माण पक्षले जाएको छ । ‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मलाई लिएर दर्शकमाझ उच्च अपेक्षा रहेको छ भने सामाजिक कथावस्तुले दर्शकलाई सन्देशमूलक मनोरञ्जन दिने निर्माण पक्षको विश्वास छ ।

कमेन्ट गर्नुहोस्