सानो पर्दा हुँदै फिल्ममा चम्किएका शाहरुख

फिल्म । बलिउडमा अभिनेता शाहरुख खान ‘रोमान्स किङ’ को ट्याग दिइएको छ । किनकि उनले अधिकाँस फिल्म रोमान्टिक ड्रामा गरेका छन् । उनको पछिल्लो रिलिज फिल्म ‘जिरो’ पछी पर्दामा देखिएका छैनन् । लगातार फिल्म फ्लप हुन् थालेपछि केहि समय विश्राम लिएका शाहरुख आउँदो वर्ष सन् २०२३ मा तीन फिल्म मार्फत दर्शकसँग भेटने छन् ।

उनको नाम अब्दुल रहमान राखिएको थियो । यो नाम उनलाई हजुर आमाले दिएकी हुन् । तर, पिताले छोरीको नाम लालारुख राखेपछि छोराको नाम शाहरुख राखेका हुन् । शाहरुखलाई हजुरआमाले दिएको नाम भने कतै रजिस्टर भएन । उनले बाल्यकालको केहि समय मामाघरमा हजुर आमासँग बिताएका थिए । त्यसैले उनलाई यो नाम दिईएको थियो । उनलाई बाल्यकालमा स्पोर्ट्स एकदमै मन पर्थ्यो । उनि आर्मी स्कुलमा भर्ना पनि भएका थिए । तर, उनको आमाले झन्डै एक महिनामै शाहरुखलाई फिर्ता बोलाइन । त्यसपछि उनि घरमै रहेर पढ्न थाले ।

एनएसडीमा बाल्यकाल

शाहरुख खानका पिता इण्डियन फ्रिडम फाइटर मध्येका एक थिए । उनले थुप्रै काम गरे, तर कतै टिकेनन् । उनले एकपछि अर्को काम परिवर्तन गर्दै अगाडी बढे । यसैक्रममा उनले नेशनल स्कुल अफ ड्रामा (एनएसडी) मा क्यान्टिन चलाउथे । बाल्यकालमा शाहरुख सेन्ट कोलम्बस स्कुलमा पढ्थे र उनकी बहिनि मोडर्न स्कुलमा पढथिन् । उनको स्कुल १२ बजेको आसपासमा छुट्थ्यो तर बहिनिको ४ बजे । त्यसैले शाहरुख त्यो समयमा एनएसडी जान्थे, जहाँ उनको पिताले क्यान्टिन चलाउथे । त्यसैक्रममा उनले रोहिणी हतनगढी, राजेश सुवेक, सुरेखा सिकरी, राज बब्बर, रघुवीर यादव लगायतका दिग्गज कलाकारसँग नजिक हुने अवसर पाए । बच्चा भएकाले उनलाई सबैले माया गर्थे ।

आफ्नो प्राक्टिसमा राख्थे र प्ले पनि देखाउथे । त्यहिँबाट शाहरुखमा अभिनयको जादु सुरु भयो । ‘मैले बाल्यकाल लगभग उहाहरुसँग बिताए । त्यहिँबाट अभिनयले म भित्र स्थान पायो किनकी मैले त्यो समयको हिट प्ले सबै हेरेको थिए भने दिग्गज कलाकारसँग निकै नजिक थिए’, शाहरुखले भने । उनका पिताले त्यहाँ सन् १९७४ बाट क्यान्टिन चलाउन छाडे ।

माता पिताको देहान्त

शाहरुखले बाल्यकाल देखि नै स्ट्रगल गरे । एनएसडीमा हुर्किए पनि उनको कलाकारिताले फिल्मसम्म आउन केहि समय लाग्यो । यस बीचमा उनले आफ्नो माता पितालाई गुमाए । सन् १९८१ मा शाहरुखको पिताको देहान्त भयो । त्यस बेला शाहरुख १५ वर्षका थिए । उनको पितालाई क्यान्सर भएको थियो । ‘लगभग ८ महिना उपचाररत थिए र उनलाई ठिक भयो भनेर अस्पतालबाट घर ल्याएका थियौ । घर आइसकेपछि उनले आइसक्रिम मागे र खाए । हामीलाई झन् लाग्यो उनि ट अब ठिक भए तर त्यो रात उनको अन्तिम रात रहेछ’, शाहरुखले भने ।

पिताले आइसक्रिम खाएको देखेपछि उनि सुत्न गए । विहानी पख कसैले उनलाई उठाएर पिता अस्पतालमा रहेको जानकारी दियो । उनि अस्पताल पुग्दा पिताले संसार छाडिसकेका थिए । उनले अनुहार पनि हेर्न सकेनन्, खुट्टा देखे र त्यसलाई छोए जुन चिसो भइसकेको थियो । त्यसको १० वर्षपछि उनको आमाको पनि मृत्यु भयो । उनको आमालाई खुट्टामा समस्या भएपछि अस्पताल लागिएको थियो । त्यसबेला अस्पतालमा डायबिटिज रहेको भनियो तर त्यसको डेढ महिनाको अन्तरालमा शाहरुखकी आमाले संसार छाडिन् । आइसीयुमा रहेको आमाको स्वास्थ्य बिग्रिदै गएपछि शाहरुख हस्पिटल तल आएर भगवानसँग प्राथना गरिरहेका थिए । उनलाई कसैले भनेको थियो,’तिमी प्राथना गर, तिम्रो आमालाई शक्ति मिल्नेछ ।’ तात्कालिन समयमा आइसीयुमा प्रवेश नपाइने भएकोले शाहरुख हस्पिटलकै पार्किङमा प्राथना गरिरहेका थिए ।

‘म भगवानसँग आमाको जिन्दगी मागिरहेको थिए किनकी प्राथना गरुन्जेल आमाको स्वस्थ्य विग्रिदैन भन्ने मलाइ लाग्थ्यो । बहिनि बोलाउन आए तर म गइन् तर डाक्टरले तिमी आइसीयुमा आउ भनेपछि आमालाई भेट्न गए, उनको त्यो अन्तिम समय थियो’, शाहरुखले भने । त्यो उमेरमा उनलाई लाग्थ्यो कि मान्छे तब संसार छाड्छ जब उ ढुक्क हुन्छ । उसलाई लाग्छ उसको परिवार ठिक छ, अब म नहुदा पनि यहाँ चल्छ भन्ने लागेपछि मान्छेले संसार छाड्छ । त्यसैले उनले आमालाई भने,’यदि तपाइँले छाडेर जानु भयो भने म बहिनिहरु ख्याल राख्दिन, स्पोर्ट्स खेल्दिन र पढ्दिन ।’ तर, यी सब कुरा गर्दा गर्दै उनकी आमाले संसार छाडिन् । ‘सायद, उनलाई विश्वास थियो कि म मेरो परिवाको ख्याल राख्छु र आफ्नो काम गर्न लायक भएको छु । त्यसैले उनले त्यहिँ समयलाई रोजिन र संसार छाडिन्’ शाहरुखले भने ।

टिभी हुँदै फिल्ममा

शाहरुखलाई पर्दामा चिनाउने श्रेय जान्छ ‘फौजी’ नामक टिभी सिरियललाई । तर, उनले पहिलो काम ब्यारी जोनको प्लेमा गरेका थिए । त्यहाँ ८० केटि र १० केटा चाहिएको थियो । स्पोर्ट्स गरिरहेका शाहरुखलाई चोट लागेपछि उनि साँझको समयमा खाली भए । उनले अडिसन दिए र सेलेक्ट भए । प्ले मा उनले ‘प्रिन्सिपल डान्सर’ को रोल पाए । प्लेमा उनलाई एउटा डायलग दिइएको थियो,’आइ ह्याभ लेटर फर यु एनी ।’ त्यसपछि उनले करण कपूरको सिरियल ‘फौजी’ मा काम गरेका थिए ।

‘थियटरको प्लेपछी करण सरको सिरियलमा काम गर्ने अवसर मिल्यो । उनको छोराले गर्ने भनिएको रोल नगरेपछि मलाइ अवसर मिलेको हो’, शाहरुखले पुराना दिन सम्झीए । फौजी टिभी सिरियल हिट भएसँगै शाहरुख चिनिन थाले तर उनलाई अभिनयको सौख थिएन । उनि एड फिल्म बनाउन चाहन्थे । किनकी त्यो समयमा उनलाई ह्यारी बबेजा र हेमा मालिनीको फोन आएको थियो । तर, उनि काम गर्न गएका थिएनन् । किनकी उनि दिल्लीमा थिए र काम मुम्बईमा थियो । त्यसको ३/४ महिनापछी उनको आमाको देहान्त भयो । त्यसपछि उनले आफ्नो एक्लोपनलाई कामबाट भुलाउन थाले ।

आमा नरहेपछि उनि ‘वाग्ले कि दुनिया’ नामक सिरियलमा काम गर्न मुम्बई पुगेका थिए । उनि एक वर्षको लागि मुम्बई पुगेका थिए र त्यहाँ पुग्दा उनिसँग फर्किने पैसा थिएन । उनि सिरियल कम्पनिकै अफिसमा बस्थे । एकदिन अचानक उनलाई भेट्न विवेक वास्वानी आए । उनले जीपी शिपीको फिल्म छ काम गर भने । ‘त्यो बेला मैले म टिभी मै ठिक छु भनेको थिए । तर, भोलि पल्ट म बसेकै अफिसमा आएर विवेकजीले मलाइ सिपि सरको अफिसमा लगे’, शाहरुखले भने । त्यो दिन उनले ५ फिल्म साइन गरेका थिए । उनले हेमा मालिनीलाई भेटे, राकेश रोशनको ‘किङ अंकल’, हेमाकै सिफारिसमा ‘दिवाना’ सहित एकै दिनमा ५ फिल्ममा अनुबन्धित भएका थिए ।

(अनुपम खेर शोमा शाहरुख खानले गरेको कुराकानीमा आधारित)

कमेन्ट गर्नुहोस्