ए मेरो हजुर ४ ले ग्रस गर्यो २ करोड ४३ लाख

फिल्म । विदेशी फिल्महरूसँग भिड्दै प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ४’ ले तीन दिनमा २ करोड ४३ लाखको व्यापार गरेको छ । वितरण कम्पनि र निर्माण पक्षले फिल्मको ग्रस कलेक्सनबारे आधिकारिक रुपमा जानकारी गराएका हुन् । शनिबार, बिहीबार र शुक्रबारकै दर्शकको चापको निरन्तरता हलमा देखिएको फिल्मले पहिलो दिन ८८ लाख, शुक्रबार ६६ लाख र शनिबार ८९ लाख ग्रस कमाइ गरेको दाबी गरेको छ । चौथो दिन आइतबार फिल्मले ३ करोडको आँकडा पार गर्ने अनुमान निर्माण पक्षको छ ।

झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, रेअर राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मप्रति दर्शकको क्रेज निरन्तर रहँदा केही हलहरुले नेपाली फिल्मको शो हटाएर विदेशी फिल्मलाई दिएपछि फिल्मकर्मीहरु आक्रोशित बनेका छन् । यस्तै , फिल्ममा दर्शकको चाप उस्तै रहे ता पनि शो घटाएको प्रति पनि निर्माताहरु आक्रोशित छन् । ‘ए मेरो हजुर ४’ को शो हटाएर विदेशी फिल्म हाल्नु नेपाली फिल्मलाई हेप्ने प्रवृत्ति देखिएको निर्माता सुनिलकुमार थापाले बताएका छन् ।

कमेन्ट गर्नुहोस्