नेहाको रेकर्ड

संगीत । बलिउड गायिका नेहा कक्कड इण्डियन आइडलको जज बनेसँगै चर्चामा छिन् । आफ्नो आवाजको कारण संगीत पारखीको मनमा बस्न सफल नेहा लभलाइफको कारण केहि समय चर्चामा आइन । तर , उनलाई चिनाउने काम इण्डियन आइडलले गर्यो । पछिल्लो सिजनमा होस्ट आदित्य नारायण झासँगको चर्चाले झनै उनि छाईरहिन् । यिनै नेहाले दुनियाँभरका अन्तर्राष्ट्रिय गायिकालाई उछिन्दै एक्स एक्ट्स चार्ट्सको काउन्ट डाउनको दोस्रो नम्बरमा पर्न सफल भएकी छिन् । एक्स एक्ट्स चार्ट्सले हालै एउटा सूची सार्वजनिक गरेको छ जसमा २०१९ मा युट्युबमा दुनियाँभरबाट सबैभन्दा बढी हेरिएका महिला समावेश छन् ।

नेहाले सेलेना गोमेज, बिली एलिस, माइली सायरस, ब्ल्याक पिंक, केरल जी, निकी मिनाज र ग्र्यान्डजस्ता चर्चित गायिकालाई उछिनेकी छन् । सूचीमा अमेरिकन र्‍यापर कार्डी बी ४.८ बिलियन भ्युजसँगै पहिलो नम्बरमा छिन्। नेहा ४.५ बिलियन भ्युज पाएर दोस्रो नम्बरमा छिन्। नेहाले यसको जानकारी आफ्नो सोसल मिडिया अकाउन्टमार्फत दिएकी हुन्।

( एजेन्सी )

कमेन्ट गर्नुहोस्