‘नेपाली फिल्म फेस्टिभल’ का लागि बेलायत पुगे फिल्मकर्मी

फिल्म । बेलायतको लन्डन सहरमा आयोजना भइरहेको ‘नेपाली फिल्म फेस्टिभल २०२४’ सहभागी हुन् फिल्मकर्मी लन्डन पुगेका छन् । जुलाई ७ देखि सुरू भएको सो महोत्सवको समापन समरोहका लागि नेपालबाट सङ्गीतकार शम्भुजित बास्कोटा, निर्देशक दिनेश डिसी, अभिनेता भुवन केसी, दिलिप रायमाझी, प्रदीप खड्का, पुजा शर्मा, बेनिशा हमाल, कविता नेपाली, नरेन खड्का, एलिश कार्की, अनिता चलाउने लगायत लन्डन पुगेका हुन् ।

द दिनेश डिसी प्रोडक्सन प्रमुख दिनेश डिसीले नेपालबाट चौध जना कलाकारको टोली सहभागी हुने जानकारी यसअगाडि गरिएको पत्रकार सम्मेलनमा दिएका थिए । उनका अनुसार उक्त महोत्सवमा नेपालबाट चौध जना कलाकारको टोली सहभागी हुनेछन् ।

प्रदीप शाहीको लेखन तथा निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’ मार्फत सुरू भएको महोत्सवमा ‘हल्कारा’,‘टुल्की’,‘प्रसाद २’ लगायतका फिल्म प्रदर्शन गरिएका छन् । यसको समापन ‘सरिता’ मार्फत गरिने बताईएको छ । नेपालमा बनिरहेको फिल्मको नवीनतम शैलीलाई प्रवासी नेपाली माँझ प्रस्तुत गर्ने उदेश्यका साथ आयोजना गरिएको महोत्सवमा नेपाली गीतसङ्गीतमा विशिष्ट योगदान पुर्याए वापत सङ्गीतकार बाँस्कोटालाई ‘दीर्घसाधना सम्मान’ मार्फत सम्मानित गरिनेछ ।

कमेन्ट गर्नुहोस्