फिल्म । ५ दर्जन बढी नाटकको निर्देशन गरिसकेका चर्चित निर्देशक तथा अभिनेता अनुप बरालले फिल्ममा पनि निर्देशन तथा अभिनय गरिसकेका छन् । १४ बर्षको उमेरबाट नै नाट्य बिधामा हात हालेका अनुप बराल गुरूकुलका प्रोडक्ट हुन् । उनले नाटक निर्देशन मात्र हैन थुप्रै नाटकमा अभिनय गरिसकेका छन् भने पछिल्लो समय चर्चामा रहेका कलाकारहरू सौगात मल्ल, दयाहाङ राई, दीया मास्के उनैका चेला हुन् ।
राजबल्लभ कोईराला, उषा रजक, सरिता गिरी, लगायतका कलाकारहरूले पनि उनीबाट अभिनय सिकेका छन् । पछिल्लो समय फिल्ममा सुनिने धेरै नामलाई उनले अभिनय सिकाउने कार्य गरिसकेका छन् । यिनै अनुप गत एक इभेन्टमा फरक लुक्समा देखिए । निर्देशक भएपनि उनि अभिनय पनि उत्तिकै गर्छन् । फिटकिरी फिल्म मार्फत निर्देशनमा आएका अनुप ललितपुरमा अवस्थित एक्टर्स स्टुडियोमा व्यस्त हुन्छन् ।
फिल्म नुमाफुङबाट कास्टिङ डाईरेक्सन बनेका अनुप पछिल्लो समय विभिन्न फिल्मको वर्कसप समेत गराउछन् । अनुपको रिलिजक्रममा रहेको फिल्म ‘दोख’ हो । केहि समय अगाडी नै यो फिल्म रिलिज हुनु पर्ने भएता पनि विभिन्न कारण अझै रिलिज हुन् सकेको छैन् । इभेन्टमा देखिदा भने अनुप निर्देशक कम एक्टर ज्यादा देखिन्छन् ।
तस्वीरहरु : आर्यन बिमली














