सङ्गीत । द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता बनेपछि गायक करण राईले पहिलो म्युजिक भिडियो ‘चङ्गा’ सार्वजनिक गरेका छन् । अभिनेता दयाहाङ राईको अभिनय रहेको भिडियोमा अशिम सुब्बा, संगीता थापा लगायत कलाकारहरुको पनि अभिनय रहेको छ ।
भ्वाईस अफ नेपालमा सहभागी हुनु अगाडी सार्वजनिक गरिएको ‘द काईट्स’ एल्बममा समावेश गीत ‘चङ्गा’ गीतको शब्द निर्देशक, कवि तथा गीतकार प्रकाश आङ्देम्बेको शब्द रहेको छ । देबेश राईको सङ्गीत रहेको गीतमा मिक्सिङ, मास्टरिङपनि देबेशकै रहेको छ । भिडियोलाई अनिल सुब्बाले निर्देशन गरेका छन् ।
कमेन्ट गर्नुहोस्










