फिल्म । अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘आप्पा’ ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा बाबु छोराको माया र पुस्तान्तरणले ल्याउने समस्यालाई देखाइएको छ । दया पहिलो पटक शिर्ष रोलमा देखिदै ड्राइभर र पिताको भूमिका निर्वाह गरेको छन् । अनमोल गुरुङको डेब्यु निर्देशन रहेको फिल्ममाउन्टेन पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको हो । निर्देशक गुरुङले ट्रेलर मार्फत नै फिल्मको कथालाई प्रस्ट्याउन सफल भएका छन् । फिल्ममा दयासँगै तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चाको पनि प्रमुख भूमिका छ । दर्पण छायाँ निर्देशक तुलसीले फिल्म राम्रो बनेको बताए ।
‘यसमा कलाकारको रुपमा अभिनय गर्न पाए’ उनले भने ‘नयाँ पुस्तासँग अपडेट हुन् पाए यसमा म पिताको भूमिकामा छु ।’ उनले फिल्मले एउटा सरल तर मिठो कथा बोल्ने बताए । निर्देशक अनमोलले नै लेखेको फिल्मको कन्सेप्टलाई पर्दामा उतार्न उनलाई सहज थिएन । रुदेन सादा लेप्चा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा माबो हाङ रहेका छन् । निर्देशक गुरुङ र उमेश उपमाको स्क्रिनप्ले रहेको फिल्ममा सैकत देवको ब्याकग्राउन्ड स्कोर छ । शैलेन्द्र डि. कार्कीले फिल्म खिचेका हुन् । ट्रेलरलाई सुरेन्द्र पौडेलले तयार गरेका हुन् । असार १३ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई उपत्यकामा स्टेसन फाइभ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।