फिल्म । अमेरिका र नेपालमा छायांकन गरिएको सिनेमा ‘लाइफ इन एलए’ को रिलिज जेठ ६ मा हुने भएको छ । अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भइसकेको यो फिल्म वैशाख ९ मा प्रदर्शनमा आउने भनिएता पनि अन्ततः पोस्टपोन्ड भएर नयाँ डेटमा पुगेको हो । फिल्ममा ब्यास बिस्सु, अकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ ।
सुर्य श्रेष्ठको निर्देशनमा निर्माण भएको फिल्ममा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर छ । ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई स्वयम् ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली एसोसियट निर्देशक रहेको फिल्मको प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुन् । भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ ।











