क्याप्टेन अमेरिकाले लेखे ‘अन्तिम फिल्म’

जयहोस् । क्याप्टेन अमेरिकाको उपनामले समेत परिचित हलिउडका एक्टर क्रिस इवान्सले महत्वपूर्ण घोषणा गरेका छन् । एवेन्जर्सको चौथो सिरिजको छायाँकन सकाएपछि उनले ट्विटर मार्फत आफु अब उक्त भूमिकामा नदेखिने बताएका छन् । उनले सन् २०११ मा ‘क्याप्टेन अमेरिका : द फस्ट एभेन्जर’ मा काम गरेपछि उनको उपनाम क्याप्टेन अमेरिका रहदै आएको थियो । त्यसपछी उनले मार्भलकै विभिन्न सुपरहिरोको सिरिजमा आफुलाई क्याप्टेन अमेरिकाको अवतारमा प्रस्तुत गर्दै आएका थिए । उनले क्याप्टेन अमेरिकाकै दुई सिरिज विन्टर सोल्जर र सिभिल वारमा समेत काम गरिसकेका छन् । उनले ट्विट गर्दै आफुले ८ वर्षपछी अब उक्त भूमिकालाई बिदाई गरेको बताउदै सहयोगी सम्पूर्णलाई धन्यवाद दिएका छन् । दर्शकले अब उनलाई एवेन्जर्सको नयाँ सिरिजपछी क्याप्टेन अमेरिकाको अवतारमा देख्न पाउनेछैनन् । उनले सन् १९९७ मा बायोडाइभर्सिटी मार्फत डेब्यु गरेका थिए ।
कमेन्ट गर्नुहोस्