निर्देशक शेर्पाको ‘मिरमिरे’ निर्माणको घोषणा

फिल्म । गत वर्ष प्रदर्शन भएको फिल्म ‘कार्साङ’ फेम्ड निर्देशक याम शेर्पाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । नयाँ वर्ष २०८२ को अवसर पारेर निर्देशक शेर्पाले फिल्म ‘मिरमिरे’ निर्माणको घोषणा गर्दै थिम पोस्टर सार्वजनिक गरेका छन् । यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्ममा ग्रामीण परिवेशको सामाजिक कथा देखाइने निर्देशकले बताएका छन् । थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका छन् ।

निर्देशक शेर्पाकै कथा रहेको फिल्मलाई निमु शेर्पा र चोङ्वा लामा शेर्पाले निर्माण गर्दैछन् । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्ने भनिएता पनि प्रदर्शन मिति भने तय गरिएको छैन । निर्देशक शेर्पाको पछिल्लो फिल्म ‘कार्साङ’ बक्सअफिसमा सफल हुनसकेको थिएन् । उक्त फिल्मको ५० हजार १ सय ४ टिकेट विक्री भए वापत एक करोड ४८ लाख १९ हजार १ सय ५ रुपैयाँको ग्रस कलेक्सन मात्र गरेको थियो ।

कमेन्ट गर्नुहोस्