‘कुनै दिन मायामा’ सार्वजनिक (भिडियो)

संगीत । गायक प्रमोद खरेलको स्वरमा ‘कुनै दिन मायामा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । रुपेश मास्केको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा नमराज सिलवाल र कविता राय (यादव)ले अभिनय गरेका छन् । भने , यसमा टेलिभिजनकर्मी कुमार आचार्यलाई पनि भिडियोमा देख्न सकिन्छ । भिडियोलाई कुमारले नै निर्देशन गरेका हुन् । रामेश्वर हुमागाईंले खिचेको भिडियो विष्णु खड्काले सम्पादन गरेका हुन् । अभिनय गर्ने सोच नभएता पनि आफु सुहाउदो क्यारेक्टर भेटिएकोले भिडियोमा आफुपनि देखिएको निर्देशक आचार्यले बताए ।

विज्ञापन
कमेन्ट गर्नुहोस्