‘गल्ली ब्वाई’ निर्देशकको नेक्स्ट फिल्म को सँग ?

फिल्म । सन् २००९ मा फिल्म ‘लक बाई चान्स’ मार्फत निर्देशनमा डेब्यु गरेकी जोया अख्तर यतिबेला स्थापित निर्देशक बनिसकेकी छिन । भ्यालेन्टाइन डे लक्षित गर्दै रिलिज भएको फिल्म ‘गल्ली ब्वाई’ मार्फत पनि उनलाई राम्रो रेस्पोन्स मिलिरहेको छ । फिल्ममा रणवीर सिंह र आलिया भट्ट जस्तो स्टार लिएता पनि उनको बलियो पक्ष भनेकै विषयवस्तु र पटकथा हो । उनले फिल्मलाई र्‍यापरको कथामा भएता पनि यसमा सम्पूर्ण पक्ष छ , जसलाई दर्शकले हेर्न चाहिरहेका हुन्छन् । जोया फेरीपनि आफ्नो कथाकै दममा अगाडी आएकी छिन । उनका लागि स्टारडम हलसम्म ल्याउने फर्मुला मात्र हो , उनले यसमा भर परेर फिल्म निर्माण गर्दिनन् ।

जिन्दगी न मिलेगी दोबारा , दिल धड्कने दो मार्फत दर्शकको माया पाएकी जोयाले गल्ली ब्वाई मार्फत पनि दर्शकको मन जितिसकेकी छिन । यिनै जोयाले नया फिल्ममा को सँग सहक्र्य गर्दैछिन् त ? उनले नया फिल्ममा ऋतिक रोशनसंग काम गर्ने बताएकी छिन । ‘मलाइ ऋतिकसँग काम गर्ने इच्छा छ र सब्जेक्ट पनि जुरेको छ जसमा उनि फिट छन्’ जोयाले आफ्नो प्लानिङ शेयर गर्दै भनिन् ‘फिल्मले यथार्थलाई भुल्नु हुदैन तर हामीले भुल्नु हुदैन त्यो फिल्म हो ।’ त्यसो त उनले जिन्दगी न मिलेगी दोबाराको सिक्वेल बनाउने चर्चा पनि नचलेको होइन , जसलाई उनले पनि नकारिनन् । तर उनले कथा भेटमा मात्र सिक्वेल निर्देशन गर्ने बताइन । (एजेन्सी )

कमेन्ट गर्नुहोस्