‘लाज शरणम्’ : शो सहित खुल्यो बुकिङ

फिल्म । आउँदो शिवरात्रिबाट प्रदर्शनमा आउने फिल्म ‘लाज शरणम्’को अग्रिम टिकेट बुकिङ तथा बिक्री खुला भएको छ । देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको फिल्मले क्यूएफएक्स चेनमा ६५ शो पाएको छ । क्यूएफएक्सका काठमाडौं उपत्यकाका आउटलेटमा २९ र काठमाडौं उपत्यका बाहिर ३६ शो पाएको छ ।

विग मुभिजले ५, एफक्यूब सिनेमाजले ४, बीएसआरले ४ शो दिएका छन् । आईएनआई र वान सिनेमाजले शो बाँडफाँट गर्न बाँकी छ । हालसम्म शो खुलेका हलमा ‘लाज शरणम्’ले १०१ शो पाएको निर्माण पक्षले जानकारी दिएको छ ।

हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’मा सिताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायतका कलाकारले अभिनय गरेका छन् । यसलाई कुमार कट्टेलले निर्देशन गरेका छन् । जेपिटी क्रियसनको ब्यानरमा बनेको फिल्ममा नवीन श्रेष्ठ निर्माता, रामनरेश शाह र सिर्जना खड्का सह-निर्माताका रूपमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्