फिल्म । नीतिन चन्द निर्देशित दोस्रो फिल्म ‘गीत गजल’ को असोज २४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै अफिसियल पोस्टर सार्वजनिक भएको छ । प्रमुख अभिनेता रुप पोखरेल र अभिनेत्री आरोही सिंहलाई पोस्टरमा रोमान्टिक अवतारमा देख्न सकिन्छ । आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनालीलगायतका कलाकारको पनि अभिनय रहेको छ ।
फिल्ममा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ । यो फिल्म रुप र आरोहीको डेब्यू हो । दुबै फिल्मलाई लिएर निकै उत्साहित छन् ।
कमेन्ट गर्नुहोस्










