फिल्म । नेपाली फिचर फिल्म ‘नाकछोङ’ (बिजुवा) को फर्स्टलुक सार्वजनिक गरिएको छ । ज्योतीराज राई प्रस्तुतकर्ता रहेको यो फिल्मको फर्स्टलुकमा मुख्य कलाकार भुवन सिंह राईलाई प्रस्तुत गरिएको छ । पोस्टरको पृष्ठभूमिमा काठमाडौँ सहर र बिजुवा (नाकछोङ) को झलक देखिन्छ, जसले फिल्मको गहिरो विषयवस्तुलाई संकेत गर्छ ।
फिल्ममा भुवन सिंह राई, यासेली योङ्हाङ, शुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पूर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुङ्छा राई, उदय सुब्बा कुरुङ्बाङ, विनोद पोमो, तुलशा लिम्बु, मदन खोदूङ राई, ससिता राई, रसा लिम्बु, मीसन बान्तावा राई र बालकलाकार जेशन राईको अभिनय रहेको छ ।
निर्देशक किरण राईले यो फिल्मको लेखन र निर्देशन गरेका हुन् । यो उनको तेस्रो निर्देशकीय कृति हो । यसअघि उनले ‘लुङा’ र ‘जिउपंचौ’ निर्देशन गरिसकेका छन् । फिल्मका निर्माता पोपीराज राई हुन् भने छायांकन बाबु श्रेष्ठको छ । राजन मुकारुङ र विष्णु किरातीको शब्द रचना, दिनेशकाजी वान्तवा र अनिल कोई राईको संगीतमा नोगेन लिम्बु र परेस राईको स्वर रहेको छ ।
फिल्मको मुख्य सहायक निर्देशक बारत लिम्बु, कार्यकारी निर्माता रमु श्रेष्ठ र निर्माण नियन्त्रकहरू गिरीराज राई र कमल लिम्बु (सार्के) छन् । पटकथा सम्पादन किरण राई र ज्योतीराज राईले मिलेर गरेका छन् । पाश्र्व संगीत मोनिष निरौला, रङ्ग संयोजन अनिल राना र ध्वनि संयोजन तथा मिक्सिङ सागर अर्यालको छ ।
निर्माता ज्योतीराजले फिल्मको उद्देश्य परम्परा जोगाई पुस्तान्तरण गर्नु रहेको बताए ।












