फिल्म । नेपाल सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा व्यक्तिहरुलाई विभुषित गर्ने भएको छ । जसमा, फिल्म तथा कला क्षेत्रका केही कलाकार र संगीतकर्मीहरुलाई पनि विभूषित गरिने जानकारी प्राप्त भएको छ । गायक स्वर्गिय खुशिराम पाख्रिनलाई ‘सुप्रबल जनसेवा श्री तृतिय श्रेणी’संगै नेपाली फिल्म क्षेत्रकी प्रथम नायिका भूवन चन्द र गायक रामकृष्ण दुवाललाई पनि ‘सुप्रबल जनसेवा श्री तृतिय श्रेणी’बाट बिभुषित गरिने भएको हो ।
लोकगायक बद्री पंगेनीलाई ‘किर्तिमय राष्ट्रदिप चतुर्थ श्रेणी’, ‘प्रबल जनसेवा श्री चतुर्थ श्रेणी’बाट संचारकर्मी तथा निर्देशक दिनेश डीसी, कलाकार धर्मराज गुरुङ, गायक धिरज राई, नायक निखिल उप्रेती, गायक नारायण ओली, नायिका स्वेता खड्का, संगीतकार शान्तीराम राई, सुरेश अधिकारी र कलाकार बसुन्धरा भुषाललाई विभुषित गरिने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शित्तल निवासमा आयोजना हुने कार्यक्रममा कलाकारहरुलाई विभुषित गर्नेछिन् ।










