फिल्म । पछिल्लो समय अभिनेता राजेश हमाल सानो पर्दामा सक्रिय छन् । पछिल्लो समय ‘जातको प्रश्न’ नामक टेलिभिजन शो गरिरहेका अभिनेता हमालले फिल्म खेल्ने भनिएको चर्चा धेरै भईसकेको छ । यसैबीच उनि म्युजिक भिडियोमा भने देखिने भएका छन् । केहि दिन अगाडी मात्र २ भिडियोको छायांकन सकाएका हमाल अझै केहि भिडियोमा देखिदैछन् । कुनै भिडियो गीत मनपरेर त कुनै भिडियो सम्बन्धका कारण हमालले खेलिरहेका छन् ।
पछिल्लो समय दर्शकको सपोर्ट पाएका अभिनेता हमालले फिल्मको लागि भने निकै मेहनत गरिरहेका छन् । बुझीएअनुसार उनि पछिल्लो समय शंकर कार्कीको निर्देशनमा बन्ने फिल्ममा देखिने सम्भावना बढेको छ । स्क्रिप्टमा लगातार छलफल गरिरहेका उनले फिल्म गर्ने सम्भावना बढेको बुझीएको छ । अभिनेता हमाललाई ठुलो पर्दा अर्थात् फिल्म कुरिरहेका दर्शकले उनको म्युजिक भिडियोलाई कसरि लिन्छन् ? यो आउँदो दिनले नै बताउने छ ।











