स्क्रिप्टमा छलफल गर्न पोखरा

फिल्म । पछिल्लो समय अभिनेता राजेश हमाल सानो पर्दामा सक्रिय छन् । पछिल्लो समय ‘जातको प्रश्न’ नामक टेलिभिजन शो गरेका अभिनेता हमालले फिल्म खेल्ने भनिएको चर्चा धेरै भईसकेको छ । यसैबीच उनि म्युजिक भिडियोमा भने देखिने भएका छन् । जसको छायांकन समेत भईसकेको छ । यद्दपी हमालको चाहना भने फिल्म नै छ । यसैले गर्दा उनि यतिबेला पोखरामा छन् ।

बुझिएअनुसार उनि निर्देशक शंकर कार्कीको स्क्रिप्टमा छलफल गर्न पोखरा पुगेका हुन् । उनले फिल्म गर्ने ‘ग्रीन सिग्नल’ दिएता पनि स्क्रिप्ट लक नभएसम्म सम्झौता नगर्ने बताएको बुझीएको छ । यसैले गर्दा पोखरा पुगेर नै फिल्म युनिटले हमालसँग स्क्रिप्टमा परामर्श गरिरहेको छ । फिल्ममा लामो ग्याप भएपछी उनि राम्रो कमब्याक होस् भन्ने चाहन्छन् । यसैले गर्दा उनले पहिलो जोडी स्क्रिप्टमा लगाईरहेका छन् । पछिल्लो समय दर्शकको सपोर्ट पाएका अभिनेता हमालले फिल्मको लागि भने निकै मेहनत गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्