लेखकले बताए ‘गोपी’ को मूलश्रोत

फिल्म । सार्वजनिक ट्रेलरको कारण एक किसिमको दर्शक माँझ प्रतिक्षित बनिरहेको फिल्म ‘गोपी’ मार्फत दर्शकले अर्ग्यानिक कथामा मसालेदार टेस्ट पाउने निर्माण पक्षले जनाएका छन् । राजधानीमा फिल्म बारे जानकारी गराउन आयोजित कार्यक्रममा लेखक सामिप्यराज तिमल्सेनाले पछिल्लो समय बनिरहेको फिल्मको तुलनामा यसमा पात्र संरचना फरक रहेको बताए । फिल्मका प्रोटागोनिस्ट गाई पालक हुन्छन , जुन भूमिकामा विपिन कार्की देखिएकाछन् । समिक्षक हुदै निर्देशक बनेका दिपेन्द्र लामाले फिल्मलाई निर्देशन गरेकाछन् । यी विविध कारणले गर्दा फिल्म चर्चामा छ ।

स्वदेशमै केहि गर्नु पर्छ भन्ने भाव व्यक्त गर्ने फिल्मको टिमअप भने यस भन्दा फरक कथामा फिल्म बनाउने तयारी स्वरूप भएको थियो । ‘हामी साथीभाई मिलेर एउटा क्राइम थ्रिलर फिल्म बाउने तयारी स्वरूप जुटेका थियौ’ लेखक सामिप्यले टिमअप बारे चर्चा गर्दै भने ‘तर उक्त फिल्मलाई हामीले उपलब्ध श्रोत र साधनमा देखाउन कठिन हुने भएपछि गोपीको आइडिया आएको हो ।’

गोपी अगावै सामिप्यले कुख्यात अपराधी चार्ल्स सोभराजको एक टाइमको कथा लेखिरहेका थिए । तर बजारको अवस्था , लागत र मेकिङको कठिनाइले गर्दा उक्त प्रोजेक्ट अगाडी बढ्ने र सुरु भयो गोपी । तर आइडिया कसरि जेनरेट भयो त ? सामिप्य भन्छन् ‘मलाइ दिपेन्द्र दाइले गाइ पाल्नेको कथामा फिल्म बनाउने प्रस्ताव ल्याउनु भयो त्यसपछी हामी कन्सेप्टको खोजिमा लाग्यौ ।’ फिल्मको लागि मुख्य श्रोत बन्यो , नेपालमै केहि गर्न सकिन्छ । ‘हामीले एउटा किताब फेला पर्यौ नेपालमै केहि गर्न सकिन्छ , जहाँ थुप्रै प्रेरणात्मक कथा लेखिएका थिए’ सामिप्य भन्छन् ‘फिल्मको मूल श्रोत नै त्यहि किताव हो ।’

फिल्मको कन्सेप्ट पाइसकेपछी सामिप्यले विभिन्न फर्ममा गएर गाइ पाल्ने कृषकको कठिनाइ , प्रक्रिया आदिलाई बुझेपछि फिल्मको कथा तयार भएको बताए । फिल्मको कथा अग्यानिक भएता पनि यसमा फिल्मी टेस्ट थियो , जसले गर्दा कलाकारले यसलाई सहजै स्वीकारे । फिल्मको ट्रेलर हेर्ने अधिकाँस दर्शकलाई यसलाई भिन्न किसिमले बुझिरहेका छन् तर लेखक भने यसमा पात्रको संरचना मात्र फरक भएको बताउछन् । फिल्मका कलाकारहरु विपिन कार्की , वर्षा राउत र सुरक्षा पन्त पनि फिल्मले दर्शकलाई सतुष्ट बनाउनेमा विश्वत छन् । यसमा शैलेन्द्र डि. कार्कीको छायांकन , निमेष श्रेष्ठको सम्पादन रहेको छ भने यसको कार्यकारी निर्माता फोटो पत्रकार श्रीधर पौडेल हुन् ।

कमेन्ट गर्नुहोस्