‘नाङ्गो गाउँ’ को पोष्टर सार्वजनिक

फिल्म । भदौको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नाङ्गो गाउँ’को फस्टलुक अन्तर्गत बिहीबार सार्वजनिक गरिएको पोष्टरलाई राजनीतिक पृष्ठभूमिमा तयार पारिएको छ । राजनीतिको कारणले एउटा गाउँमा कति ठूलो समस्या उत्पन्न हुँदैछ र त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कथालाई फिल्मले प्रस्तुत गरेको छ ।

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा जय श्रेष्ठ निर्माताको रुपमा छन् । राम श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन छ । यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ । फिल्मको पोष्टरमा यी सबै कलाकारहरुको साथमा शिशिर वाङ्देल, वुद्दि तामाङ, विशाल पहारी, रविन्द्र झा लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ ।

फिल्ममा राज थापा, कमलमणी नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको पनि अभिनय हेर्न सकिन्छ । ​बनिष शाहको सम्पादन रहेको यो फिल्ममा एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

कमेन्ट गर्नुहोस्