‘कलंक’ दुइ दिन रोकिँदा नेपाली फिल्मलाई फाईदा

0 Shares

फिल्म । पछिल्लो समय नेपाली फिल्मले एकसाता पनि राम्रोसँग हल पाउँदैनन् , किनकी विदेशी फिल्मको भारतीय डेट अनुसार नेपालमा प्रदर्शन गरिँदै आइएको छ । तर यसको अन्त्य भारतीय फिल्म ‘कलंक’ बाट भएको छ । अप्रिल २६ मा आउने एभेन्जर्सका कारण अप्रिल १९ बाट अप्रिल १७ को डेट करण जोहरले बनाएका थिए । उनले एभेन्जर्सको डर भन्दा पनि आफ्नो फिल्मको आयु ९ दिन बनाउदै महावीर जयन्तीको बहाना बनाए । तर , त्यसले नेपालमा भने राम्रै प्रभाव पारेको छ ।

वुधवार नै फिल्म रिलिज गर्ने भन्दै नेपाली फिल्मका वितरक , निर्माता तथा निर्देशकको एक समुह जसले हिन्दी फिल्म वितरण गर्दै आएका छन् , रुष्ट देखिएका छन् । उनीहरु भारतीय रिलिज मिति अनुसार नै फिल्म रिलिज गर्न पाउनु पर्ने मांग गर्दै आएका थिए । तर चलचित्र विकास बोर्डले भने चलचित्र निर्माता संघको निवेदनलाई मध्यनजर गर्दै फिल्म शुक्रबार नै रिलिज गर्न आग्रह गरेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ए मेरो हजुर ३ र यात्राले राम्रू ब्यापार गरिरहदा बुधवार नै आउने फिल्मले घाटा गर्ने तय नै थियो । कलंकको रिलिज डिसिजन नभईसक्दा मल्टिप्लेक्सले शो होल्ड गरेका थिए भने वुधवार आउने सम्भावना नभएपछी नेपाली फिल्मको शो बढेको छ ।

हिन्दी फिल्म नआउँदाको प्रत्यक्ष फाईदा नेपाली फिल्ममा देखिएको छ । वुधवार र विहिबार प्राय हलमा टिकेट मुल्य कम हुन्छ , यसै कारण पनि प्राय मल्टिप्लेक्स भरिभराउ हुने गरेका छन् । बुधवार कलंक नेपाल नआउँदा फिल्मकर्मी भने खुसि देखिएका छन् भने बोर्डको निर्णयको तारिफ गरिरहेका छन् । विदेशी फिल्म शुक्रबार नै रिलिज गर्न पाइने नियम बन्नु पर्ने पक्षमा फिल्मकर्मी देखिएका छन् भने हिन्दी फिल्म वितरण गर्दै आएका केहि वितरक भने ‘कलंक’ रिलिज पोष्टपोण्ड हुदा रुष्ट देखिएका छन् ।

Facebook Comments