सञ्जिवको स्वरमा ‘ख्याल ख्यालैमा हरायौ’

सङ्गीत । सञ्जिवकुमार पौडेल र मेलिना राईको स्वरमा रहेको गीत ‘ख्याल ख्यालैमा हरायौ’ सार्वजनिक भएको छ । खगेन्द्र दाहालको शब्द, सञ्जिवकै सङ्गीत, कृष्ण विके (भाञ्जा)को एरेञ्ज र प्रकाश मिश्रको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा स्मारिका ढकाल र सुरेश कोहलीलाई फिचरिङ गरिएको छ ।

प्रकाश खड्का र टिमको सिनेमेटोग्राफी रहको भिडियोमा लक्षमण चौहानको दृश्य सम्पादन छ । गीतले आफूले माया गरेको मान्छेसँग बोल्दा बोल्दै एक अर्कामा रमाएको, ख्याल ख्यालैमा एक अर्कामा हराएको भाव व्यक्त गरिएको छ ।

भावनात्मक शब्द, समधुर सङ्गीत र आकर्षक भिडियो संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको छ । उत्कृष्ट शब्द, सङ्गीत र स्वर रहेको गीत जति समधुर छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

कमेन्ट गर्नुहोस्