देवलको ‘दिलको फ्रेममा’ आंचल र पुष्प

248 Shares

संगीत । प्रवासमा रहेर पनि नेपाली गीतसंगीतमा आफुलाई उपस्थित गराइ रहेका गीतकार देवल भण्डारीको रचना रहेको नयाँ गीत ‘दिलको फ्रेममा’ सार्वजानिक भएको छ । सार्वजनिक गीतमा संगीत दीपक शर्माको रहेको छ भने यसलाई रवि ओड र पुष्पा पौडेलले स्वर दिएका छन् । गीतमा पछिल्लो समय आपू जोडीको उपनाम पाएका आंचल शर्मा र पुष्प खड्का फिचर्ड छन् । यी दुइसंगै रवि र पुष्पा पनि गीतमा छन् ।

नवराज उप्रेतीको छायांकन रहेको गीतलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । गीतमा सुरेन बसेलको कोरियोग्राफी रहेको छ भने यसको कन्सेप्ट जया शर्माको रहेको छ । गीतलाइ सञ्चारकर्मी तथा फिल्म निर्देशक सुव्रतराज आचार्यले निर्देशन गरेका छन् ।

Facebook Comments