‘गाजले सुनचरी’ मा सम्पदा र समिशन

सङ्गीत । गायक तथा संगीतकार सुजन चापागाईँको नयाँ म्युजिक भिडियो ‘गाजले सुनचरी’ सार्वजनिक गरिएको छ । यात्रा गर्न रुचाउने र नयाँ ठाउँ घुमेर जीवनलाई उन्मुक्त रूपमा जिउन चाहने ‘घुमन्ते आत्मा’हरूलाई समर्पित गर्दै यो यात्रा गीत तयार पारिएको बताइएको छ । गीतमा हर्क साउदको शब्द रहेको छ भने संगीत तथा स्वर स्वयं चापागाईँकै रहेको छ । गीतमा समावेश गरिएको कवितांश पल्लवीले रचना गरेकी हुन् ।

कोविद बज्रले संगीत संयोजन, मिक्सिङ र मास्टरिङ गरेका छन् भने बिकेश बज्रले स्ट्रिङ्स अर्केष्ट्रेसन र रेकर्डिङ सम्हालेका छन् । गीतको भिडियो पनि आकर्षक बनेको छ । अभिषेक सुवेदीको निर्देशनमा तयार पारिएको भिडियोमा अभिनेत्री तथा मोडल सम्पदा घिमिरे र समिशन जिसीले मुख्य भूमिका निर्वाह गरेका छन् ।

सबिन लिङ्दम लिम्बु (प्याटु) को छायांकन तथा रैवत श्रेष्ठको सम्पादन र कलर ग्रेडिङ रहेको भिडियोमा चितवनका विभिन्न रमणीय पर्यटकीय स्थल देखाईएको छ ।

कमेन्ट गर्नुहोस्