उपासना बनिन् ब्राण्ड एम्बेसडर

फिल्म । क्याप्टेन फिल्म मार्फत नेपाली रजतपटमा उदाएकी अभिनेत्री उपासना सिंह ठकुरी पछिल्लो समय सफलताको बाटोमा अगाडी बढ्दैछिन् । कबड्डीको तेस्रो सिरिजमा देखिएसँगै चर्चा झनै बढाउन सफल उपासना लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय एजुकेसन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त भएकी छिन् ।

अष्ट्रेलिया लगायतका अन्य मुलुकहरूमा गएर उच्चशिक्षा प्राप्त गर्न चाहने नेपाली विद्यार्थीहरुलाई बाटो देखाउदै आएको कर्नरका प्रमुख सुनिल उप्रेतीले उपासना विभिन्न गतिविधिमा सहभागी हुने बताए । ‘हामीले युवापुस्ता माँझ उनीहरुकै प्रिय पात्र मार्फत जानकारी पुर्याउन चाहन्छौ’ उनले भने ,’उपासना अब हाम्रो शिक्षा इभेन्टमा सहभागी हुनेछिन् ।’

उपासना पनि ब्राण्ड एम्बेसडर बन्न पाएकोमा खुसि छिन् । ‘शिक्षा सम्बन्धि केहि गतिविधिमा सहभागी हुन् पाउँदा खुसि छु,’उनले भनिन् ,’त्यहाँ फिल्मको बारेमामा पनि केहि छलफल पक्कै हुनेछ ।’

कमेन्ट गर्नुहोस्