रहेनन् सचिन

सङ्गीत । बाल गायक सचिन परियारको निधन भएको छ । उनको उपचारको क्रममा काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बिहीवार बिहान करिव १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले पुष्टि गरेका छन् । उनको निधन भएको अस्पतालले पनि पुष्टि गरेको छ ।

अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका बाल गायक परियारको कम्मर मुनिको उनको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए ।

अघिल्लो वर्ष नै टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’ मा पुगेको समयमा पनि सचिन राम्रोसँग बोल्न सक्ने अवस्थामा थिएनन् । उक्त कार्यक्रममा छोरासहित पुगेका उनका बुबा तेजेन्द्र परियारले सचिनलाई नसामा समस्या भएको बताएका थिए । थेरापी गर्दा अझै अवस्था बिग्रिएको उनको भनाइ थियो ।

भाइरल बाल गायकका रुपमा स्थापित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा छाएका छन् । सचिनले महानायक राजेश हमालसँग एउटा म्युजिक भिडियो अभिनय गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’ मा पनि अभिनय गरेका थिए । रातो रबर एक, रुमाल खस्छ की, के छ र हजुर, बरको छाँयाले आदि उनले गाएका लोकप्रिय गीतहरु हुन् ।

कमेन्ट गर्नुहोस्