एकसाथ देखिए राजेश , भुवन र शिव

फिल्म । नेपाली फिल्मलाई अगाडी बढाउने तिन हस्ती राजेश हमाल , भुवन केसी र शिव श्रेष्ठ एकसाथ स्टेजमा देखिएका छन् । नेपालमै एकै कार्यक्रममा यी तिनलाई देख्न मुस्किल हुन्छ । यिन तिनै अमेरिकामा आयोजना भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा देखिएका हुन् । नेपाली फिल्मी क्षेत्रकै प्रतिनिधित्व गर्ने यी तिनैलाई अवार्ड समारोहमा विभिन्न अवार्डबाट सम्मानित पनि गरिएको थियो । अवार्ड प्रदान गर्ने क्रममा तिनै एकसाथ स्टेजमा उक्लिएका थिए ।

यी तिन अभिनेताले निकै कम फिल्ममा मात्र एकसाथ काम गरेका छन् । विशेषगरि, राजेश हमाल र भूवन केसीलाई एक अर्काको प्रतिस्पर्धी मानिने गरिन्छ । तर, दुबैले यो कुरालाई भने अस्विकार गर्दै आएका छन् । पछिल्लो समय हमाल ठुलो पर्दा भन्दा पनि सानो पर्दा र इभेन्टमा व्यस्त छन् भने शिव अभिनयमै छन् । भुवन भने फाट्टफुट्ट अभिनयसंगै फिल्म निर्माणमा सक्रिय छन् । यी तिन एकै पटक स्टेजमा देखिएसंगै तस्वीरले चर्चा पाइरहेको छ ।

कमेन्ट गर्नुहोस्