नेपाली पोशाकमा फ्रिम्यान

फिल्म । चर्चित हलिउड अभिनेता मोर्गन फ्रिम्यानले काठमाण्डौ भ्रमणको क्रममा नेपाली पोशाक लगाएका छन् । उनले नेपाली पोशाकमै नेपाली सम्पदाको अवलोकन गरेका हुन् । उनलाई दौरा र सुरुवालमा फिट देखिएको प्रतिक्रिया समेत प्राप्त भएको छ । युएस एम्बेसी , नेपालले सोसल मिडिया मार्फत सार्वजनिक गरेको तस्वीरमा मोर्गनको नेपालीपन स्पष्टै झल्किन्छ ।

उनि आफुलाई फिट बनाएको बताउछन् । उनले नेपाल बसाइको क्रममा विभिन्न ठाउँको भ्रमण गर्नुका साथै फरक-फरक धर्महरुको बारेमा समेत जानकारी लिए । आस्कार अवार्ड विजेता समेत रहेका फ्रिम्यानले ‘गोइङ इन स्टाइल’, ‘स्ट्रीट स्मार्ट’, ‘ग्लोरी’, ‘द रिडम्पशन’, ‘ब्रूस अलमाइटी’ लगायतका चर्चित फिल्ममा अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्