फिल्म । कोरोना भाइरस (कोभिड १९) को कारण अहिले विश्वनै ठप्प छ । सामाजिक दुरी कायम गरेर कोरोना भाइरसको महामारीलाई रोक्न सकिने भएको हुँदा अहिले विश्वका अधिकांस देश लकडाउन छ । भारतमा पनि संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ । यसैले गर्दा त्यहाँको ठुलो उद्योगको रुपमा चिनिने बलिउड ठप्प छ । बलिउडका कयौ फिल्म काम सकाएर पनि अड्किएका छन् । जस मध्येको एक हो ,’सूर्यवंशी’ ।
अक्षय कुमार अभिनित फिल्म रिलिजको अन्तिम तयारीमा रहदा कोरोना भाइरसको महामारी फैलिन थाल्यो । जसले गर्दा फिल्म रिलिज हुन् पाएँन । यसै कारणले गर्दा बलिउडको बिग बजेटको फिल्म भनिएको ‘सुर्यवंशी’ कहिले रिलिज हुन्छ त भन्ने चासो सबैलाई छ । तर , अवस्था स्थित नभईसकेको हुँदा यसबारे अझै टुङ्गो लागिसकेको छैन । केहि फिल्म ओटिटीका विभिन्न माध्यममा सार्वजनिक हुने लहरमा पनि छन् तर ठुला फिल्म भने थियटरमै रिलिज हुनेछन् ।
‘सूर्यवंशी’ ओटिटीमा न आउने भएपछी यसलाई हलमै कुर्नुको विक्लप छैन । अहिलेकको अवस्था हेर्ने हो भने फिल्म आउँदो दिवालीमा रिलिज हुन् सक्नेछ । अवस्थामा विस्तारै सुधार आएमा फिल्म युनिटले दिवालीलाई रिलिज डेट बनाउन सक्छन । निर्देशक रोहित शेट्टी पनि फिल्मको रिलिज त्यहि समयमा हुन् सक्ने सम्भावना रहेको बताएका छन् । निर्माता करण जोहर भने अहिले केहि भन्ने अवास्थामा नरहेको प्रतिक्रिया दिईरहेका छन् । फिल्ममा अक्षयसँगै अजय देवगन र रणवीर सिंह पनि छन् । अजय र रणवीरलाई यसमा गेस्ट रोलमा देख्न सकिन्छ । फिल्ममा अक्षयको अपोजिटमा कट्रिना कैफ छिन् । (एजेन्सी)












