चौका दाउको दोस्रो गीत ‘मेरो माया कतारमा’ (भिडियो)

फिल्म । पौष २७ लाई रिलिज मिति तय गर्दै फिल्म ‘चौका दाउ’दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘मेरो माया कतारमा’ बोलको गीतमा सोनीका केसी फिचर्ड छिन भने फिल्मका कलाकारहरु सन्तोष पन्त , तैयव शाह , रविन्द्र झा, विल्सन विक्रम राई , वर्षा राउतको पनि नृत्य रहेको छ । गीतमा श्रीपुरुष ढकालको शब्द , शम्भुजित बास्कोटाको संगीत रहेको छ । गीतलाई बास्कोटासँगै सुमन गुरुङले गाएका छन् ।

गीतलाई बसन्त श्रेष्ठले कोरियोग्राफ गरेका हुन् । सार्वजनिक डान्सिङ नम्बर फिल्मको कथा अनुसार नै तयार गरिएको निर्देशक पुर्नेन्दु झाले बताए ।’पहिलो गीतलाई दर्शकले रुचाउनु भयो , यसगीतले पनि दर्शकको मन जित्छ भन्नेमा विश्वस्त छु’ निर्देशक झाले गीत राम्रो बनेको बताए । फिल्मलाई शम्भुजितले निर्माण गरेका हुन् । यसैले गर्दा पनि फिल्मको चर्चा बढ्दो छ । सौर्य प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको जनर रोमान्टिक कमेडी रहेको छ ।

कमेन्ट गर्नुहोस्