कपिलसँगै सुनिलले पनि ल्याए प्रोमो

बलिउड । ‘द कपिल शर्मा शो’ को प्रोमो सार्वजनिक भए लगतै सुनिल ग्रोवर ‘डाक्टर गुलाटी’ ले पनि आफ्नो प्रोमो सार्वजनिक गरेका छन् । उनले स्टार प्लसबाट प्रशारण हुने ‘कानपुर वाले खुरानाज’ कार्यक्रम ल्याउने भन्दै ‘हामीलाई भेट्न आउनु हुन्छ नि ?’ भनेका छन् । सुनिलसँगै शो मा अलि असगर , उपासना सिंह र एक्टर कुनाल खेमु पनि देखिएका छन् ।

अस्ट्रेलिया कमेडी टुर गरेर फर्किने क्रममा कपिलले सुनिललाई दुर्व्यवहार गरेपछि ‘द कपिल शर्मा शो’ बन्द भएको थियो । कपिलले आफ्नो लोकप्रियता बचाउन सकेनन भने सुनिल पनि जम्न सकेका छैनन् । यी दुई छुटिएसँगै घाटा दुवैलाई उत्तिकै नै छ । यी दुईनै कपिलको शो मा फर्किने गसिप चलिरहदा कपिलसँगै सुनीलले पनि आफ्नो शो आउने जानकारी दिदै प्रोमो लन्च गरेका छन् । जसले यी दुईको सम्बन्ध ठीकठाक नरहेको प्रष्ट्याएको छ । सुनिलको शो मा विभिन्न विषयमा उनका घरमा सदस्यले चर्चा गर्नेछन ।

कमेन्ट गर्नुहोस्