भाद्र २४ मा ‘द सिक्रेट अफ राधा’

फिल्म । सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति शिवरात्रिको अवसर पारेर घोषणा गरिएको छ । आउँदो वर्ष २०७९ सालको भाद्र २४ गते फिल्म प्रदर्शन हुने जानकारी निर्माण पक्षले गराएका छन् । कोरोना भाइरस महामारीका कारण भएको दोस्रो लकडाउनको समयमा पालुङ आसपासमा छायांकन भएको फिल्मले आफ्नो प्रदर्शन मिती तय गरेको हो । कोरोना भाइरसको महामारीको तेस्रो लहर कम भएपछि यो समयमा फिल्म निर्माताहरु आफ्नो फिल्मको प्रदर्शन मिती घोषणा गरिरहेका छन् ।

फिल्ममा सौगात मल्ल , सृष्टी श्रेष्ठ , खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ । साथै , यसमा दयाहाङ राई र निश्चल बस्नेत विशेष भूमिकामा छन् । फिल्ममा निर्देशक थापासँगै अभिनेता सौगात मल्लको समेत लगानी रहेको छ । आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा संयुक्तरुपमा निर्माण भएको फिल्ममा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटा संगीत रहेकोछ ।

कमेन्ट गर्नुहोस्